धरौटीमा छुटे पूर्व सचिव उपाध्याय



काठमाडौं, बैशाख १५
पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News