भारतले भन्यो, ‘सडक भारतीय भूमिमै बनाएका छौं’ (विज्ञप्तिसहित)




काठमाडौं, वैशाख २७
भारतले तिब्बतको मानसरोबर जोड्न बनाइएको सडक आफ्नै भूमिमै बनाएको दाबी गरेको छ। नेपालले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको भन्दै चासो जनाएपछि भारतले यस्तो दाबी गरेको हो ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकाल्दै सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ।

‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ’ वक्तव्य भनेको छ ।
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै नेपालमा भारतको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News