नेपाली भूमि कब्जा गरेर सडक बनाउने मोदीको पुत्ला दहन, बाटोमा हिँड्नेलाई कारवाही गर्ने चेतावनी


 


काठमाडौं, २८ वैशाख ।

नेपाली भूमि कालापानी र लिपुलेक कब्जा गरेर सडक बनाउने भारतविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले आइतवार साँझ कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्।

जनता दरबार नामक संगठनका कार्यकर्ताले नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका हुन्।

संगठनका अध्यक्ष एसपी शाहले भारतले हस्तक्षेपकारी नीति देखाएर नेपालको सार्वभोमसत्तामाथि चुनौती दिन खोजेको र नेपाल सरकार त्यसमा लाचार बनेको भन्दै मोदीको पुत्ला जलाउन बाध्य भएको बताए।

नेपाल सरकारले भारतीय अतिक्रमणविरुद्ध प्रेस विज्ञप्ति निकाल्दा पनि नलायकीपन देखाएको उनको आरोप थियो।

अध्यक्ष शाहले भारतले बनाएको लिपुलेकको बाटो भएर मानसरोवर जानेलाई कारवाही गर्ने चेतावनी समेत दिए। भारतले नेपाल आमाको छातीमा छुरा चलाएको भन्दै उनले आक्रोश पोखे।  

यसअघि आजै माइतिघरमा भारतविरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्