विद्यार्थी नेताले पनि तताए माहोल, नेपाली भूमि फिर्तामात्र होइन सीमामा काँडेतार लगाउन माग


 


काठमाडौँ, २८ वैशाख ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा संगठन अनेरास्ववियु र युवा संघले नेपाल भारत सीमामा काँडेतार लगाउन माग गरेका छन्।

भारतले नेपाली भूमि मिचेर बनाएको लिपुलेक-मानसरोवर सडक विस्तारमा रोक र मिचिएको भूमि फिर्ताको माग गर्दै सत्तारुढ निकट युवा र विद्यार्थी नेताले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै माहोल तताएका छन्।

‘सिमानामा सुरक्षा फौज खटाउन र काँडेतार लगाउन उनीहरुको माग छ। ‘सिमाना रक्षाका लागि सुरक्षा फौज राख्न, काँडेतार लगाई घेरावार गर्न, सीमा सम्बन्धी समस्या दीर्घकालीन रुपमा हल गर्नका लागि उच्च तहबाट निर्णायक पहल लिन सरकारसँग अनुरोध गर्दछ,’ भनिएको छ।

विश्व कोरोना भाइरसले आक्रान्त भएको सयम छोपेर इतिहासका तथ्य तथा प्रमाणहरुलाई कुल्चेर छिमेकीले विस्तारवादी रवैया देखाएको भन्दै सरकारले कडा कदम चाल्नुपर्ने युवा विद्यार्थी नेताको माग छ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्