कालापानीतर्फ भोलि विहानै उड्दैँछ नेपाली सेनाको हेलिकोप्टर, गृहमन्त्रीका दूत र एआईजी पनि जाने


 


काठमाडौं, वैशाख ३०

भारतले कब्जा गरेको नेपाली भूमि दार्चुलाको कालापानी क्षेत्रमा पर्ने नेपाली गाउँमा भोलि नेपाली सेनाको हेलिकोप्टर जाने भएको छ।

काठमाडौंबाट भोलि विहानै जाने नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितको टोली हुनेछ।

हेलिकोप्टर काठमाडौंबाट दार्चुला सदरमुकाम खलंगा उत्रिने छ। त्यहाँबाट सशस्त्र इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना र नेपाल प्रहरीको छाङरु र तिंकर चौकीका लागि १० जनाको फौज बोकेर कालापानी क्षेत्रमा पर्ने नेपाली बस्ती रहेको छाङरु जानेछ।

सशस्त्रको फौज ५० नम्बर गुल्म हेडक्वाटरबाट खटिनेछ।

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले छाङरुमा बिओपीका लागि भोलि विहानै टोली मुभ हुने बताए।

यसअघि कालापानी र खलंगाको आकाशमा भारतीय सेनाको हेलिकोप्टर मात्रै उड्दै आएको थियो।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्