नेपालमा थप ९ जना कोरोना संक्रमित थपिए


 



काठमाडौं, जेठ ५
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ७ जना रौतहटको इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । ती सबै संक्रमित पुरूष रहेका छन् ।

यसैगरी रौतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराको करैयामाइ- ५ निवासी १ जना ३८ वर्षका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्