देउवाका कारण संविधान संशोधन प्रकिया रोकिएपछि गगन आक्रोशित, ओलीको पक्षमा उभिँदै भने: हामी भोट हाल्न आतुर छौँ


 


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय माग्दा संविधान संशोधन प्रक्रिया रोकिएपछि युवा नेता गगन थापा नेतृत्वप्रति आक्रोशित बनेका छन्। थापाले सभापति शेरबहादुर देउवाले निर्णय नगरे पनि आफूहरु कांग्रेसका सांसदहरु भोट हाल्न तयार रहेको स्पष्ट पारेका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार पारिएको नक्सा संविधानको अंग बनाउन सरकारले संविधान संशोधन विधेयक तयार पारेको छ। आज संसदमा पेश गर्ने तयारी भए पनि कांग्रेसले समय मागेपछि रोकिएको छ।

यसैसन्दर्भमा गगनले आफ्नो नेतृत्वमाथि आक्रोश पोखेका हुन्।

‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गर्नमा जोड दिँदै थापाले ट्वीटरमा भनेका छन्, ‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

त्यसैगरी उनले थप भनेका छन्।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस्। काँग्रेस संशोधनको पक्षमा छ। कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने-नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो। हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्