Deshko News
११ आश्विन २०८०, बिहिबार

नेपालको पक्षमा खुलेरै बोले पाकिस्तानका प्रधानमन्त्री, एक्लिँदै गएको भारतमा खैलाबैला



काठमाडौं । मित्र राष्ट्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल भारत विवादबारे मुख खोलेका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक सीमा विवादलाई लिएर नेपाल र भारतबीच तनाव उत्कर्षमा पुगेका पाकिस्तानी प्रधानमन्त्री खानले भारतको विस्तारवादी चरित्र उदाङ्गो पार्दै नेपालको पक्षमा सशक्त रुपमा बोलेका हुन्। उनले भारत सम्पूर्ण छिमेकीका लागि खतरा बन्दै उदाहरण समेत प्रस्तुत गरेका छन्।

इमरानले ट्वीटरमार्फत नेपालको प्रसंग जोड्दै भारत छिमेकको हितमा नभएको उल्लेख गरेका हुन्। नागरिकता कानूनमार्फत बंगलादेशलाई चिढ्याएको, नेपाल र चीनसँग सीमा विवाद गरेको र पाकिस्तानलाई झुटो सैन्य अपरेशन गर्ने धम्की दिएर जिस्काउने काम गरिरेहको भारत छिमेकीका लागि खतरा रहेको प्रधानमन्त्री खानको टिप्पणी छ।

प्रधानमन्त्री खानले भारतको नरेन्द्र मोदी सरकारलाई जर्मन शासक हिटलरको नाजी पार्टीको विचारधारसँग तुलनासमेत गरेका छन्। ट्वीटरमा लेखेका छन्, ‘हिन्दुत्व र अतिवादी मोदी सरकारको अहंकारी र विस्तारवादी नीतिहरु नाजी विचारधारा समान छन्। भारत आफ्ना छिमेकीहरुका लागि खतरा बनिरहेको छ।’

पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीले भारतमा खैलाबैला भएको छ। भारतीय मिडियाले प्रधानमन्त्री खानको अभिव्यक्ति भन्दा पाकिस्तानमा उनी कोरोना संक्रमण नियन्त्रणमा असफल भएको भनेर डाइभर्ट गर्ने प्रचार सुरु गरेका छन्। जसलाई इमरान खानको अभिव्यक्तिविरुद्ध भारतको प्रतिरक्षाका रुपमा हेरिएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News