भूकम्पीडितलाई आर्थिक सहयोग


 


भोजपुर जेठ २२

ramesh gभूकम्प पीडितहरूलाई भोजपुर घोरेटार रानिवास का रमेश थापा र पर्वत मल्लाजका कमल जी.सीले संयुक्त रुपमा अर्थिक सहयोग गरेका छन् । थापा र जी.सीले कालिका एफ एम अन्र्तगतको कालिक राहत कोष भरतपूर चितवनको नामबाट भूकम्प पिडितहरुका लागि सहयोग प्रदान गरेका हुन् ।

कालिका राहत कोष मार्फत थापा र जी.सीले संयुक्त ४० हजार १ सय ११ रुपैया सहयोग गरेको भोजपुरका रमेश थापाले जानकारी दिए । राहत संकलनका दुई जना पूर्वेली र पश्चिमेलि साथीहरु मिलेर सहयोग गरेकाे पर्वतका कमल जी.सी. ले बताए ।

आज देशलाई सहयोग को खाचो छ, एक थुकी सुकि सयौ थुकी नदी भने झैँ  हामीले पीडितहरुलाई सहयोग गरेका हौं उनिहरुले भने ।  भुकम्पले क्षेती पुर्याएको क्षेत्र मा हामी सबै जना मिलेर नै अगडि बढ्नु पर्ने मा थापाले जोड दिए । र सानो ठुलो जस्तो सकिन्छ त्यत्रो आफ्नो ठाउँ बाट पिडित लाई सहयोग गर्न सबैलाई अनुरोध गर्दछु रमेशले भने ।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्