उदयपुरमा तीन जनालाई कोरोना संक्रमण पुष्टि



विराटनगर, जेठ २५

प्रदेश १ मा सबैभन्दा पहिले संक्रमण देखिएको उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । मेयर राईका अनुसार उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।

उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं आएर उनी पुनः उदयपुर फर्किएका थिए । काठमाडौंमा ३ दिन बसेर फर्किएका उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो ।

करिब दुई साता क्वारेन्टिनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । जसमा उनलाई कोरोना पोजिटेभ देखिएको मेयर राईले बताए ।

उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार दुवै जना पुरूष हुन् ।

उनीहरुलाई एबीसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । अहिले उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News