बालुवाटारमा सरकारविरूद्द प्रदर्शन, प्रहरीद्वारा बल प्रयाेग


 


काठमाडौं, जेठ २७
कोरोना महामारीका वेला जारी लकडाउनमा सरकारले कर तिर्न ताकेता गरेको विरोधसहितका केही विषयलाइ लिएर बालुवाटारमा मंगलबार बिहान प्रदर्शन भएको छ । बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनलाइ तितरवितर पार्न प्रहरीले बल प्रयाेग गरेकाे छ। सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहलाई प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेकाे हाे।

उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् । साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्