चीनबाट नयाँ राजदुत आउँदै


 


new-chinese-ambassador-yu-hongकाठमाडाैं, असाेज ११

चिनियाँ राजदुत वु चुन्ताइको कार्यकाल पुरा भएपछि चीनले नयाँ राजदुत पठाउने तयारी गरेको छ । आफ्नो कार्यकालमा तत्कालीन ओली सरकारसँग महत्वपूर्ण सहकार्य गरेर भारतीय नाकाबन्दीको समयमा नेपाललाई गुन लगाएका राजदुत कार्यकाले सकेर स्वदेश फर्किन लागेका हुन् ।

चीनलेनेपालका लागि नयाँ राजदुतमा यू होङको नाम प्रस्ताव गरेको हो । बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार यू होङको एग्रिमोका लागि चीनले नेपालसँग कुटनीतिक पहल थालिसकेको छ । आगामी नोभेम्बरमा वू चुन्ताइ चीन फर्किँदैछन् भने नयाँ राजदुत काटमाडौं आउने छिन् ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्