मनसुन सक्रिय भएपछि ठाउँ-ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह


 



काठमाडौं, असार ८
मनसुन सक्रिय भएपछि देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मौसमी गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न अनुरोध गरेको छ ।

अहिले देशका विभिन्न भुभागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायतका आसपासका जिल्लाहरुमा विहानैदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्