दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ


 



काठमाडौं ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर लगेको हो ।
दोहोरो नागरिकता प्रकरणमा मुद्दा चलाउन धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई समातिएको हो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्