रुपन्देही ११ तिलोत्तमा गोल्डकपको फाइनलमा


 


काठमाडौं, जेठ २२

घरेलु टोली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुटवलमा भएको खेलमा शुक्रबार दार्जलिङ ११ लाई ५–२ ले हराउँदै उपाधि यात्रा कायमै राखेको हो ।

रुपन्देहीका लागि दिपक राईले ह्याट्रिक गरे भने पुकार गहतराज र बिमल घर्तीले १–१ गोल गरे । दार्जलिङका लागि भने एभोन राई र भाइचोङ राईले १–१ गोल गरे । दोस्रो सेमिफाइनलमा शनिबार नेपाल आर्मी र झापा ११ बीच खेल हुनेछ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्