चिनियाँ दूतावास अगाडि प्रदर्शन


 


काठमाडौं, असार २३
भारतीय दलालको एक समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यर्थी संघ (नेविसंघ) को नाममा चिनियाँ राजदूत होउ यान्छीविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको तस्विर सार्वजनिक भएको छ ।

चिनियाँ राजदूत यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दूतावास अगाडि प्रदर्शन गरेको हाे ।

यद्यपी राजदूत यान्छीले नेकपाभित्र विवाद जारी रहेकै बेला नेताहरुलाई घरमै गएर भेट्न थाल्नुलाई कुटनीतिक मर्यादा विपरित मानिएको छ ।

गौतम सहभागी भएको प्रदर्शनमा राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित विरोध गरिएको थियो । यान्छीले नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्