‘मेराे प्रेम सम्बन्धकाे बारेमा आएकाे समाचार झुठ हुन्’


 


काठमाडौं, असार २८
पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको बताएकी छिन् ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सञ्चारमाध्यममा आएका खबरको खण्डन गर्दै भनेकी छन्, ‘मेरो निजी जीवनबारे सार्वजनिक खबर कपोकल्पित र भ्रामक हुन् ।’

पूर्णिका शाह थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी छन् । केही दिनअघि १९ वर्षीया पूर्णिका प्रेममा परेको र यस सम्बन्धमा आमा हिमानीसमेत जानकार रहेको खबर सार्वजनिक भएको थियो ।

आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचार झुठाे समाचारकाे कारण उनी तनावित छिन्।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्