सुनको मूल्य आज अहिलेसम्मकै धेरै, चाँदीले पनि रेकर्ड राख्यो


 



काठमाडौं, साउन ७
बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन आज तोलाको ९४ हजार रुपैयाँ पुगेको छ । आज सुनमा एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै नयाँ रेकर्ड राखेको हो ।

सुन हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । चाँदी आज तोलामा एकै दिन ९५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्