भीम रावलले छाडे प्रचण्डको साथ, कड्किँदै भने: तपाईहरुको पदको लडाईंमा हामीलाई नगन्नू


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन्।

मंगलवार प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा रावलले यसको छनक दिएका छन्। बैठकमा रावल प्रचण्डमाथि कड्किएका थिए। ‘ओलीसँग तपाई (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन। तपाईहरु पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन। वामदेवको प्रस्ताव राम्रो छ। पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौं,’ बैठकमा रावलले आक्रोश पोखेका थिए।

उनले बैठक राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य, नेपालको संविधान, पार्टीको नीति र प्रणालीको रक्षाको विषयमा बहस गर्नका हुनुपर्ने माग गरे। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपटक र महासचिव विष्णु पौडेलसँग एकपटक वार्ता गरेका रावलले प्रचण्ड गुट छाड्ने निष्कर्षमा पुगेका छन्। उनी अब तटस्थ बसेर ओलीलाई साथ दिने मुडमा पुगेका छन्।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्