सुनको मूल्य आज पनि बढ्यो, कति छ आज ?


 



काठमाडौं, साउन १४
सुनको मूल्य आज पनि तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार तीन पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य निरन्तर बढिरहेका बेला आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घट्दै प्रतितोला १२ सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्