निर्मला हत्याकाण्ड : तत्कालिन एसपी विष्टसहित आठ प्रहरीले पाए सफाई


 



धनगढी, साउन १५
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको घटनामा प्रमाण लुकाएको आरोप लागेका तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित आठ जना प्रहरी अधिकारीले सफार्इ पाएका छन् ।

विष्टसहित आठ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको आरोपसहित मुद्धा परेको थियो । मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट भने बर्खास्तीमा परेका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । उनीहरुमाथि मुद्दा परेपछि अदालतबाट धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्