यी सात जिल्लामा छैनन् कोरोना संक्रमित




काठमाडौं, साउन २४
यसअघि देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएपनि अहिले केही जिल्ला भने संक्रमण मुक्त भएका छन् । यसअघिसम्म देशका सबै जिल्लामा कोरोना संक्रमित देखिएका थिए । तर, अहिले खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा संक्रमण संक्रमित छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका सात जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिए ।

उनका अनुसार गत २४ घण्टामा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ भने देशका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म निको भएर डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News