कोरोना कहरः ५२५ थपिए, १०९ डिस्चार्ज


 


काठमाडौं, साउन २९

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार नियमित कोभिड(१९ प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै कोरोनाबाट संक्रमण हुने मानिसको संख्या २४ हजार ९५७ पुगेको छ।

यस्तै, उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो।

उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्