नेपालले विश्वकप अघि वेस्ट इन्डिजमा अभ्यास गर्ने


 


काठमाडौं, वैशाख १४ । नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ ।

नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग वैशाख १५ गतेदेखि घरेलु मैदानमा टी–२० सिरिज खेल्दैछ ।

उक्त सिरिजपछि नेपाली टोली वेस्ट इन्डिज जाने क्यानले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्