गृहमन्त्री चढेको हेलिकप्टर अचानक पोखरामा अवतरण




काठमडौं, भदौ १८
गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर अचानक पोखरामा अवतरण गरिएको छ । बाग्लुङका लागि उडेको हेलिकप्टर खराव मौसमका कारण पोखरामा अवरतरण भएको हो ।

बाग्लुङको ढोरपाटनमा आएको बाढीपहिरोको अवलोकन गर्न उडेको हेलिकप्टर स्याङ्जासम्म पुगेपनि त्यहाँबाट अगाडि बढ्न नसक्दा पोखरामै अवतरण गरिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

बाग्लुङको ढोरपाटन सुर्कुदङ खोलामा आएको बाढीले ११ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । खोलाले बोबाङ, सुकुर्दङ र सेराबाङका घर बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News