कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण


 



धनगढी, भदौ २२
कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन्। यसअघि शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

यसअघि डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकैदिन कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्