भारतका १७ जना सांसदमा कोरोना सङ्क्रमण


 



नयाँदिल्ली
भारतमा १७ जना सांसदमा कोरोना सङ्क्रमण देखिएको छ । संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि गरिएको परीक्षणमा सांसदहरुमा कोरोना संक्रमण पुष्टि​ भएको हो । 

सत्तारुढ दल भारतीय जनता पार्टीकी मीनाक्षी लेखी, अनन्तकुमार हज्डी, प्रवेश सहिब सिंहलगायत सांसदलाई कोरोना संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतको संघीय संसदको वर्षे अधिवेशन यही सोमबारदेखि सुरु भएको छ । कोरोना महामारीका कारण वर्षे अधिवेशनमा ढिलाइ भएको हो । 

सरकारले सांसदहरुका लागि कोरोनाबारे जानकारी उपलब्ध गराउन र सहज सूचनाका लागि मोबाइल एपसमेत बनाएको छ । सोहीअनुरुप सांसदहरु पूर्वतयारी गरेर संसद बैठकमा आउने गर्छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्