गाँजरका फाइदाबारे जानकारी लिनुहोस्


 


गाँजर हामीले दैनिक रूपमा सलादका रूपमा प्रयोग गर्ने खाद्यान्न हो । गाँजरलाई हामी विषेश गरी सलादका रूपमा प्रयोग गर्ने गर्छौ ।

यही सलादका लागि प्रयोग गरिने गाँजर छालामा चमकता ल्याउन, आँखाको ज्योतिलाई कायम राख्न तथा शरिरलाई चाहिने भिटामिन र अन्य पौष्टिक तत्व प्राप्त गर्नका लागि प्रयोग गर्न सकिन्छ । गाँजरका यस्ता अन्य केही फाइदाहरू बारे जानौ

एन्टी एजिङ एजेन्टः

गाँजरमा पाइने बीटा केरोटिन एन्टिअक्सिडेन्टले छालालाई नरम र मुललायम राख्नका लागि मद्धत गर्छ । यसको नियमित प्रयोगले छालामा रहेका मृत कोषिकाहरू नष्ट हुने गर्छ र छालालाई ताजा र सफा राख्न मद्धत गर्छ ।
आँखाको ज्योतिका लागिः

गाँजरको प्रयोगले आँखाको ज्योतिलाई कायम राख्न मद्धत गर्छ । यसमा भिटामिन एको मात्रा बढी हुने भएकाले आँखा ज्योतिलाई कायम राख्नका लागि दैनिक रूपमा गाँजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
क्यान्सरको रोकथामः

कतिपय अनुसन्धानले गाँजरको नियमित प्रयोगले स्तन क्यान्सर, पेटको क्यान्सर हुने सम्भावनालाई पनि कम गर्छ । यसमा हुने फेलकैरिनोल र फैलकैरिनडियोल नामको तत्वले शरिरमा क्यान्सरको कोषिकासँग लड्न मद्धत गर्छ ।

अनुहारका लागिः

गाँजरमा पाइने भिटामिन ए र एन्टिअक्सिडेन्टले छालालाई घामको प्रकाश र घामबाट आउने विकिरणबाट जोगाउँछ । घामको प्रकाशबाट आउने विकिरणहरूबाट छालालाई जल्नबाट जोगाउँछ र छालालाई स्वस्थ राख्न मद्धत गर्छ ।

एन्टिसेप्टिकका रूपमाः

गाँजरलाई एन्टिअक्सिडेन्टको रूपमा प्रयोग गर्न मद्धत गर्छ । यसले शरिरमा हुन सक्ने संक्रमणलाई रोक्न मद्दत गर्छ र शरिरलाई स्वस्थ राख्छ ।
मुटुका लागिः

गाँजर मुटुका लागि पनि उपयोगी हुन्छ । यसमा पाइने केरोटिन नामक तत्वले मुटुको समस्यालाई कम गर्न मद्धत गर्छ । यसमा हुने बिटा र अल्फा केरोटिन र ल्युटेन नामक तत्वले मुटुलाई स्वस्थ राख्नकालागि सहयोग गर्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्नः

गाँजरमा हुने घुलनशिल फाइबरले शरिरमा रहेको कोलस्टेरोल कम गर्न मद्धत गर्छ ।

पेटका लागिः

गाँजरमा रहेको भिटामिन एले कलेजोमा रहने चिल्लो पदार्थलाई कम गर्न मद्धत गर्छ । यसले पाचन प्रणालीलाई चुस्त राख्न समेत मद्धत गर्छ जसले गर्दा पेटसँग सम्बन्धित बिरामीलाई फाइदा पुर्याउँछ ।

दाँतका लागिः

गाँजरको प्रयोगले दाँतमा हुन सक्ने सक्रमणलाई समेत रोक्छ । यसमा रहेको मिनेरल्सले दाँतलाई लामो समयसम्म झर्न दिँदैन ।

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्