कोरोनाविरुद्धको नयाँ औषधि प्रयोगमा ल्याइयो


 



काठमाडौं, असोज ३
कोरोना भाइरस संक्रमितको उपचारका लागि रुसमा अर्को औषधि प्रयोगमा ल्याइएको छ ।

सरकारले कोरोनाविर नामक एक औषधि प्रयोग गर्न अनुमति दिएको छ। एन्टी भाइरल यो औषधि रूसी कम्पनी आर फर्मले बनाएको हो। 

आगामी सातासम्म यो औषधि रूसका पसलहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो औषधिलाई चिकित्सक सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्नेछ। 

यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको थियो। 

रूसले बनाएको यो औषधि जापानमा बनाइएको फेविपिरविरको सुत्रमा आधारित रहेको बताइएको छ। जापानले फेविपिरविरलाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ। 

प्रकाशित मिति: ३ आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्