बली दिन नेपाली किशोरी तस्करी !


 


विराटनगर असोज ६
विभिन्न प्रलोभनमा पारेर एक जना किशोरीलाई भारत लैजाने गिरोहका मुख्य नाइकेसहित तीन जना पक्राउ गरेका छन् । सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीय किशोरीलाई भारत लैजान खोज्नेलाई प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको लेटाङ्ग नगरपालिका ३ घर भइ हाल रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीय मनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का २० वर्षीय प्रदिपकुमार मण्डल छन् ।

उनीहरूलाई विराटनर १७ नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट आइतबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये गिरोहका मुख्य नाईक सुमित रहेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार मोरङ अदालतमा ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

‘किशोरीलाई उद्धार गरेका छौं,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भन्नुभयो, ‘प्रलोभनमा पारी भारत बिक्री गर्न लैजान खोजिएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ । अहिले हामी अनुसन्धानको क्रममा छौं । थप विषय पछि खुल्नेछ ।’

उद्धार गरेको किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएको छ । ती किशोरीलाई भारत पु¥याएबापत १२ लाख रुपैयाँ पाउने पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बयानको क्रममा बताएको साना हातहरू नेपाल मोरङ संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । ‘किशोरीलाई पूजाको लागि भनेर बलाउनु । उचाइ नाप्नु, महिनावरी भए नभएको सोधिखोजी गर्नु, शरिरमा कुनै दाग नभएको हुनुपर्ने र विराटनगरमा पूजा छ भनेर बोलाएर भारतर्फ लैजानुलाई बलिको लागि लगेको हुनसक्ने देखिन्छ,’ उहाँले भन्नुभयोे, ‘यसमा प्रहरीले अनुसन्धान गहन गरे धेरै विषय खुल्नेछ ।’

मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने गरि लगेको भन्ने विषय खुलिनसकेको बताउनुभयो । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उहाँले भन्नुभयोे, ‘सबै कोणबाट शुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । थप बिषय पछि खुल्नेछ ।

प्रकाशित मिति: ६ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्