राष्ट्रपति ट्रम्पविरुद्ध आफ्नै भतिजीले दिइन् मुद्दा


 



काठमाडौं, असोज ९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आफ्नै भतिजी म्यारी ट्रम्पले उजुरी दिएकी छिन् । उनले लाखौं मिलियन डलर तिर्न अस्विकार गर्दै आफुलाई बारम्बार धोका दिएको र अन्याय गरेको भन्दै आरोप लगाएकी छिन् ।

डोनाल्ड ट्रम्पकी भतिजी म्यारी ट्रम्पले राष्ट्रपति ट्रम्पको व्यक्तित्व राम्रो नभएको बताउदै बिहिवार राष्ट्रपति ट्रम्पसहित अन्य परिवारका सदस्यविरुद्ध मुद्धा दर्ता गरेकी हुन् ।  

उक्त उजुरीमा डोनाल्ड ट्रम्प, उनकी दिदी मर्यन ट्रम्प बेरी र अगष्टमा मृत्यु भएको दाइ रबर्ट ट्रम्पले आफुलाई धोका दिएको र अन्याय गरेको आरोप लागाएकी छिन् ।

उनले आफ्नो दाइदिदीले सन् १९९९ मा मृत्यु भएका आफ्नो बुबा सिनियर फ्रेड ट्रम्पले खडा गरको घरजग्गा सम्पत्तिमा कब्जा गरेको र उक्त सम्पत्ति धनी बन्नको लागि उपभोग गरको आरोप लगाएकी छिन् ।

डोनाल्ड ट्रम्पका वकिल जय सेकुलोले यस विषयमा कुनै तत्काल प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति निर्वाचनको छ हप्ता अगाडी डोनाल्ड ट्रम्पले चुनाव जित्ने केहि लक्षण देखिएको समयमा म्यारी ट्रम्पको यस मुद्धाले पुन चर्चा भएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्