युक्रेनमा सैन्य विमान दुर्घटना, २२ को मृत्यु


 



एजेन्सी
युक्रेनको पूर्वी क्षेत्र खर्किभीमा सैन्य विमान दुर्घटना हुँदा सैनिक अधिकृत सहित २२ जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाले जनाए अनुसार युक्रेनियन एयरफोर्स दुर्घटना हुँदा अरु दुईजना गम्भीर घाइते भएका सहायक गृहमन्त्री एन्टोन गेरसेन्कोले यो खबरको पुष्टि गरे ।

एन्टोनोब २६ नामको उक्त जहाज दुर्घटना हुँदाको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भएको छ । घटनापछि त्यहाँ विशाल आगलागी भइ धुवाँको मुस्लो उडेको थियो ।

विमानभित्र २७ जना भएकोमा घटनामा मृत्यु हुने सबैभन्दा धेरै खर्तिब नेश्नल एयर फोर्स युनिभसिटीका विद्यार्थी छन् । सात जना क्र्यूमा थिए । दुर्घटनामा घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनियन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनालाई भयानक त्रासदी भनेका छन् । उनले घटनाबारे छानविन पनि हुने भएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्