महिला गर्भवती भएपछि बलात्कारको घटना सार्वजनिक, एक जना पक्राउ


 



बैतडी, असोज ११
बैतडीमा महिला गर्भवती भएपछि बलात्कारको घटना सार्वजनिक भएको छ । बलात्कारको आरोपमा प्रहरीले जिल्लाको मेलौली नगरपालिका–९ का २८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका पुरुषको नाम प्रहरीले सार्वजनिक गरेको छैन । महिलाले दिएको जाहेरीको उनलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।

उनीमाथि डडेल्धुराको भागेश्वर गाउँपालिकाकी २३ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन्। आफुमाथि जेठ १४ गते फुपु सासुको घर मेलौलीमा गएका बेला पीडकले बलात्कार गरेको उनले प्रहरी समक्ष बताएकी छन्। ती पुरुषले ललाईफकाई आफनो घरको गोठमा लगेर बलात्कार गरेको पीडित महिलाले बताइन।

पीडित महिलाका श्रीमान एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। अहिले ती महिला गर्भवती भएपछि घटना सार्वजनिक भएको हो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्