प्रदेश १ मा थपिए अहिलेसम्मकै धेरै संक्रमित


 



विराटनगर, असोज ११
प्रदेश १ मा आज थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्‍हथुम र प्रदेश १ बाहिरका एक जना गरि जम्मा १८१ जनामा संक्रमण भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ पुरुष रहेका छन् ।

मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा दुई दुई पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका एक एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहबीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा एक(एक पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा एक/एक पुरुष, भोजपुरको स्थानीय तह नखुलेका एक महिला एक पुरुष, तेर्‍हथुमको लालीगुराँसमा एक पुरुष र प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्