ओली–प्रचण्ड छलफल,मन्त्रिपरिषद् पुनर्गठन मुख्य मुद्दा


 


काठमाडौं, असोज १२

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो।

गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघनरुपमा भइरहेको हो।

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्