होम टिउसन पढाउने शिक्षकबाटै बालिका बलात्कार !


 



विराटनगर, असोज १९
एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउनेमध्ये एक नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। साहले उक्त घरमा गएर वैशाखदेखि ११, ९, ४ र ५ वर्षका चार बालबालिकालाई ट्युसन पढाउँदै आएका थिए। उनले त्यसमध्ये ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यही क्रममा उनले शनिबार बालिकालाई बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। अरू बालबालिका र पीडित बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।

कोरोनाका कारण लामो समयदेखि स्कुल बन्द भएपछि अभिभावकले युवालाई घरमा बोलाएर ट्युसन पढाउन लगाउने गरिएका थिए । स्कुलकै शिक्षकको सल्लाहमा घरमै ट्युसन पढाउन लगाइएको र अरू बालबालिकाकै अगाडि पढाउने व्यक्तिले छोरीलाई बलात्कार गरेको बालिकाकी आमाको भनाई छ ।

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्