नेता र कलाकार दिनभर यसरी खेले (सबै भिडियो सहित)


 


नेता र कलाकारबीच आयोजित फुटवल प्रतियोगितामा शीर्ष नेता मैदानमा उत्रिए। भूकम्प पीडितको सहयोगार्थ आयोजना भएको खेलमा नेताको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको कप्तानी रहेको थियो। कलाकारको कप्तानी मह जोडीले गरे।
सशस्त्र प्रहरी बलको हलचोक स्थीत मैदानमा राष्ट्रपति रामवरण यादबले खेलको उद्घामटन गरे। उनले प्रधानमन्त्री कोइरालालाई बल हस्तान्तरण गरे पछि खेल सुरु भएको थियो। प्रधानमन्त्री कोइराला सहित एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मधव नेपाल, नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य लगायतका नेताहरु मैदानमा उत्रिएका थिए। कलाकारको नेतालाई तीन गोल गरे। नेताहरुको तर्फबाट कुनै गोल गर्न सकेनन्। मैदानमा शिव श्रेष्ठ, धिरेन शाक्य, करिश्मा मानन्धर, केकी अधिकारी लगायतका कलाकारहरु थिए ।

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्