नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५९० पुग्याे


 


काठमाडाैं , असाेज २२
नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५९० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

पछिल्लाे २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ। बिहीबार मृत्यु पुष्टि हुनेमा ४ जना महिला र ८ जना पुरूष रहेका छन् ।

यस्तै नेपालमा आज अहिलेसम्म कै बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति: २२ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्