कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु


 



सुनसरी, असोज २६
कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषओ मृत्यु भएको हो ।

धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान घरैमा मृत्यु भएको हो । धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र वराह क्षेत्रका पुरुषको सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा। आशीष श्रेष्ठका अनुसार धरान–२ का वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो ।

उच्चर क्तचापका दीर्घरोगी ती पुरुषलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी श्वासप्रश्वासमा समस्या भएपछि बराहक्षेत्रका पुरुषलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुऱ्याइएको थियो ।

प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । दुवै मिर्गौला फेल भएपछि उनी मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेका थिए ।

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्