कर्णाली नेकपामा विवाद चुलियो, मुख्यमन्त्रीले हटाए प्रमुख सचेतक


 


सुर्खेत, असोज २६

कर्णाली प्रदेशमा नेकपा विवाद झन् चुलिएको छ । नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छन् ।

बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्