भारतीय ब्यापारीद्वारा २ अर्बभन्दा बढी राजस्व ठगी


 


काठमाडौं, असाेज २७
सुनको अवैध पैठारी गरेर करिब अढाई अर्बको कर छलि भएको पाइएको छ । राजश्व अनुसन्धान विभाग रुपन्देहीको सिद्धार्थनगरस्थित एक ज्वेलर्स पसलले अवैध रुपमा सुन आयात गरेर कर छलि गरेको फेला पारेको हो । 

नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक सुनिल सुनार सञ्चालक रहेको सोनी ज्वेलर्सले अमित परियारलाई मतियार बनाएर सुनचाँदीको अवैध चोरी पैठारी गरेको अभियोग विभागले लगाएको छ ।

सो दाबीसहित विभागले तुल्सीपुर उच्च अदालतमा २ अर्ब ३९ करोड ५५ लाख १५ हजार विगोसहित जरिवाना र कैद सजाय मागदाबी गरेको हो । सोमध्ये २ अर्ब २३ करोड रुपैंया १३ लाख ३८ हजार रुपैंया भन्सार चोरी पैठारी गरेको र बाँकी १६ करोड ४१ लाख ७७ हजार रुपैंया आयकर छलि गरेको विभागको दाबी छ । 

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्