आजको मौसम पूर्वानुमान


 


काठमाडाैँ, कार्तिक ३
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले हालको मौसमको अवस्था पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहन सक्ने सम्भावना रहेको छ ।

भने, अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्