प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने


 



विराटनगर, कार्तिक ३
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको छ।

कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएको छ। मन्त्री घिमिरेले अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनपनि सो सुविधा निरन्तर रहने बताए ।

आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं विरामीले व्यहोर्नुपर्ने व्यवस्था लागु गरेपछि प्रदेश १ सरकारले यो निर्णय गरेको हो।

तर, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले केन्द्र सरकारले संक्रमितको उपचार खर्चबाट अलगिएको अवस्थामा प्रदेश सरकारबाट आशा गर्ने स्थान नरहेको बताएका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्