पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना व्यक्तिमा कोरोना संक्रमण


 


काठमाडौं, कार्तिक १२्प
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्