नेपालमा काेराेनाबाट ज्यान गुमाउने संख्या ९ सय नाघ्याे


 


काठमाडौ, कार्तिक १३
नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाखख १९ हजार ६४ पुगेको छ । हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्