नेप्से ५५ अङ्कले बढ्यो


 


काठमाडौँ  जेठ २३

गत साताको नेप्से परिसूचक ५४.९० अङ्कले बढेको छ । पहिलो साता तल झरेको नेप्से परिसूचक यो साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ९२६.८४ अङ्कमा पुगेको हो।

गत साताको परिसूचक पहिलो दिनको तुलनामा ६७.८६ अङ्कले घटेर अन्तिम दिन ८४१.९६ अङ्कमा पुगेको थियो । यससाता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीका नौ हजार १५२ कारोबारबाट एक अर्ब २९ करोड २३ लाख ८६ हजार बराबरका ३१ लाख ९८ हजार ९८० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७३.३६ प्रतिशत बढि हो ।
गत साता १११ कम्पनीका पाँच हजार १४७ कारोबारबाट रु ७४ करोड ५७ लाख ३१ हजार बराबरका १९ लाख १४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।यो साता वाणिज्य बैंक समूहको परिसूचकमा ५६.१३, विकास बैंक १६.९१, वित्त कम्पनी २.८८, जलविद्युत् १४४.११, बिमा कम्पनीको ३७३, व्यापार समूहको २१.८७ र अन्य समूहको परिसूचकमा ४१.११ अङ्कले वृद्धि भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी होटल समूहको परिसूचकमा ८४.०६ अङ्कले र उत्पादनमूलक समूहको परिसूचकमा ०.२३ अङ्कले गिरावट आएको छ ।यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १०.९८ अङ्कले बढेर १९८.१३ अङ्कमा आइपुगेको छ ।यससाता कारोबार रकम (रु १० करोड ४९ लाख ७० हजार) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा छ भने कारोबार सङ्ख्याको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।यो साता नेप्सेमा लक्ष्मी भ्यलु फण्डको पाँच करोड कित्ता साधारण सेयर सूचीकृत भएको छ । रासस

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्