ब्राउन सुगरसहित धनगढीबाट एकजना पक्राउ


 



धनगढी, कार्तिक १५
लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका १० घूईयाघाटका २५ वर्षीय राम निवास रानालाई २५ ग्राम ४ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार तथा ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा खटिइएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडडुल गरी रहेको अवस्थामा घूइयाघाटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनीमाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्