घोडाघोडीका नगरप्रमुख चौधरीलाई कोरोना संक्रमण


 



धनगढी, कार्तिक १७
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

१४ कार्तिकमा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख चौधरीले बताए । उनकाअनुसार उनीसहित नगरपालिकाका अन्य चार जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसिरहेको प्रमुख चौधरीले जानकारी दिए । छिट्टै कोरोनालाई पराजित गरी जनताको सेवामा लाग्ने चौधरीले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्