पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोनामुक्त



काठमाडौं, कार्तिक १७
पछिल्लो २४ घण्टामा थप ३ हजार  १ सय ५०  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।  देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ। 

योसँगै नेपालमा  एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव २ प्रतिशत रहेको छ। 

मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६९ हजार ८ सय १२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News