अनाथसँग समाजसेवी पारुहाङ्ग राईको जन्मदिन


 


काठमाडाैँ, कार्तिक १९
लामो समयदेखि समाजसेवा र राजनीति गर्दै आएका युवा जुझारु समाजसेवी तथा नेकपा प्रदेश नं. १ सम्पर्क समन्वय कमिटीका सदस्य तथा भोजपुर -काठमाडौं सम्पर्क मन्चका पुर्व अध्यक्ष पारुहाङ्ग राईले आफनो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् ।

केही आफन्तजन र साथीभाइको उपस्थितीमा भक्तपुरको सुर्यबिनायक नगरपालिकाको डोलेश्वर मन्दिर नजिकै रहेको मुस्कान सेवा नेपालमा आश्रित १२ जना बालबालिकालाई स्टेशनरी सामान उपलब्ध गराएर मनाएका हुन् ।

उनले बालबालिकालाई नेमान्त किचेनबाट बनाएर लगेको केक साथै खानासमेत खुवाएका थिए । जन्मदिनको अनौपचारिक कार्यक्रममा शुभकामना आदानप्रदान गदैं उनले यसरी अनाथ बालबालिकासँग जन्मदिन मनाउदा फरक अनुभुति भैरहेको र सानै भएपनि मुस्कान सेवा नेपालका बालबालिकाको मुहारमा उज्यालो छर्न सकिने विश्वास व्यक्त गरे । जन्मदिन भडकिलो तरिकाले होइन सेवाभावले मनाउन पनि उनले आग्रह गरे ।

सोही कार्यक्रममा प्यारडाईम पब्लिक स्कुलका प्रधानाध्यापक रेजिन श्रेष्ठले एकजना विद्यार्थीलाई प्लस २ सम्म नि:शुल्क पढाईदिने घोषणा गरे । मेघा पब्लिकेशन्सका निर्देशक श्रीकृष्ण श्रेष्ठले बालबालिकालाई पुस्तक उपलब्ध गराउने जिम्मा लिए । नागरिक अस्पतालका डाक्टर मनिषा कार्कीले बालबालिकाको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता जाहेर गरिन् । त्यसैगरी अनु शेरचनले १५ हजार नगद सहयोग गरिन् ।

मुस्कान सेवा नेपालकी अध्यक्ष एवम् सन्चालक भवानी राई गुरुङले पारुहाङ्ग राईलाई खादा लगाईदिएर धन्यवाद ज्ञापन दिनुका साथै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिइन् । आफनो संघर्षका दिन, अनाथलय खोल्नुको उद्देश्य प्रष्ट पार्दै उनले भोलीका दिनमा पनि सहयोगी मनहरुमा सहयोगको अपेक्षा राखेको बताईन् ।

भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पाले शुभकामना दिदै भने फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा समाजसेवामा लगाउनु प्रशंसनिय कार्य भएको बताए । संविधान सभा सदस्य तारादेवी राईको विशेष आतिथ्यतामा मनाईएको जन्मदिनमा, जन्मदिन मनाउनुको अर्थ रमाईलो मात्र गर्नु नभएर समाजसेवा गर्नु पनि हो भनेर भोलीका पुस्तालाई बुझाउन सके समाज परिवर्तन गर्न सकिने उनले धारणा राखे । सो कार्यक्रममा मुस्कान सेवा नेपालका बालबालिकाले आफनो प्रतिभा प्रस्तुत गरेर रमाईलो प्रदान गरेका थिए ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका डाइरेक्टर गोपी न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुदर्शन बजगाइँ, युवा नेता भक्त राई , रामप्रसाद राईकी बुहारी शिव कुमारी राई, युवा ब्यवसायी राजकुमार कार्की, नेमान्त किचेनका संचालक बिष्णु मगर र युवा ब्यवसायी राजकुमार श्रेष्ठ, सञ्चारकर्मी राजु श्रेष्ठ,ऐश्वर्य श्रेष्ठ लगायतले जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका थिए ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्